बुधवार, आश्विन १४ गते २०८३

२५ दिनमा कृषि उपजको भुक्तानी नगरे ब्याजसहित दिनुुपर्ने

बुधवार , बैशाख ९, २०८३

काठमाडौँ । कृषि उपजको भुुक्तानी २५ दिन भित्रमा नगरे व्याजसहित भुक्तानी गर्नुुपर्ने छ । 
प्रधानमन्त्री बालेन्द साहले सार्वजनिक गरेको एक सय बुुँदै शासकीय सुधारका कार्ययोजनामा  सो व्यवस्था सार्वजनिक गरिएको छ । सो व्यवस्था अनुसार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सूचना  सार्वजनिक गरेर २५ दिनभित्रमा अनिवार्य भुक्तानी गर्न भनेको छ ।

तोकिएको समयमा भुुक्तानी नगरे ब्याज सहित भुूक्तानी  गर्नुुपर्ने मन्त्रालयले जानकारी दिएको छ । दुुध ,उखुु, खाद्यान्नबाली लगायतका कृषि उपजको रकम २५ दिन दिनभित्र अनिवार्यरुपमा भुक्तानी गर्न व्यस्थाले समयमा किसानले भुुक्तानी पाउने छन ।

दुध विक्रि गरेको रकम किसानले लामो समय सम्म पाउन सकेका छैन । यस्तै उखुु कृषकले पनि उखु विक्रि गरेको रकम उद्योगीले समयमै भुक्तानी नगर्दा किसानहरु आन्दोलनमा उत्रन परेको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार