बुधवार, आश्विन १४ गते २०८३

उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष शेखर गोल्छा पक्राउ

बिहिवार , बैशाख १०, २०८३

काठमाडौं । व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई (सीआईबी) ले बिहिबार नियन्त्रणमा लिएको छ ।

सीआईबीका प्रमुख मनोज केसीले गोल्छा पक्राउ परेको जानकारी दिए । सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको सेयर कारोबारको विषयमा सहयोग गरेको अभियोगमा गोल्छालाई प्रहरीले पक्राउ गरेको हो ।

हिमालय रि इन्स्योरेन्सको रकम दुरुपयोग गरि दीपक भट्ट, सुलभकी श्रीमती सुभी अग्रवाल, राजबहादुर शाह र ऋषिराज मोरको व्यक्तिगत नाममा सेयर किनेर त्यसलाई राफसाफ गर्ने कार्यमा सहयोग गरेको आरोप गोल्छामाथि नेपाल धितोपत्र बोर्डको अध्ययन प्रतिवेदनले लगाएको थियो ।

गोल्छा हिमालयन रि इन्स्योरेन्सका तत्कालीन अध्यक्ष हुन् । हिमालय रि इन्स्योरेन्सको २ अर्ब ७३ करोड रुपैयाँ बक्यौता रहेको अनुसन्धानमा देखिएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार