आइतवार, श्रावण २४ गते २०८३

जेनजीको नेतृत्वमा सुकुम्बासी वस्तीमा बालेनविरुद्ध प्रदर्शन

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं । सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा सरकारविरुद्ध नारा लगाउँदै स्थानीयले थापाथलीमा  प्रदर्शन गरिरहेका छन् । उनीहरुले डोजर आतंक बन्द गर, सुकुमवासी आवासको हक सुनश्चित गर, निरंकुश सरकार चाहिँदैन लगायतका नारा लगाइरहेका छन् ।

सरकारमा जानुअघि रास्वपा सभापति रवि लामिछानेले सुकुमवासी बस्तीमा डोजर चलाए आफू छाती थाप्न जाने अभिव्यक्ति दिएका थिए । तर रास्वपाकै बरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले डोजर चलाउने निर्णय गरेपछि युवाहरु आक्रोशित छन् । उनीहरुले रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह गर्दै नारा लगाइरहेका छन् ।

सरकारले थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गराउन बिहीबार साँझदेखि नै ‘माइकिङ’ गरेको थियो । आज बिहानबाट केहीले बस्तीबाट सामान सारिरहेका छन् । तर केही युवाहरु भेला भएर विरोध प्रदर्शन गरिरहेका छन् । राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा प्रदर्शन भएको हो ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार