बुधवार, आश्विन १४ गते २०८३

विमानस्थल क्षेत्रका ५ होटललाई १४ लाख जरिबाना

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सञ्चालित होटल तथा व्यावसायिक फर्महरूमाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आकस्मिक अनुगमन गरी उपभोक्ता ठग्नेलाई जरिबाना गराएको छ ।

विभागले बिहीबार गरेको आकस्मिक अनुगमनका क्रममा उपभोक्ता हित विपरीतका गम्भीर गतिविधि फेला परेपछि पाँचवटा व्यावसायिक फर्मलाई कुल १४ लाख ५ हजार रुपैयाँ नगद जरिबाना गराएको छ । त्यस्तै एक प्रतिष्ठित होटललाई स्पष्टीकरणका लागि कार्यालयमा बोलाएको छ ।

अनुगमनका क्रममा ती फर्महरूले उपभोक्तालाई प्रत्यक्ष ठगी गर्ने उद्देश्यले विभिन्न अवैध क्रियाकलाप गरेको विभागको भनाइ छ । विभागका अनुसार अनुगमन गरिएका फर्महरूमा सामानको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) उल्लेख नगरेको, साविकको मूल्य छोपेर नयाँ स्टिकर टाँसेर महँगोमा बिक्री गरेको र एउटै सामानमा दोहोरो मूल्यका स्टिकर टाँसेको पाइएको थियो ।

यस्तै कतिपय फर्महरूले तोकिएको एमआरपीभन्दा बढी मूल्य असुल गरिरहेको र मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउने म्याद सकिएका, फुड कलर समेत प्रयोग तथा बिक्रीका लागि राखेको अवस्थामा फेला परेका छन् ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार