शनिवार, कार्तिक ८ गते २०८३

आजको संसद बैठकमा पनि एमाले सांसदको नाराबाजी

आइतवार , भाद्र २७, २०७८

काठमाडौं। प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि नेकपा एमालेका सांसदहरुले अवरोध गरेका छन्। बैठक सुरुहुना साथ उनिहरुले सभामुखको भुमिकालाई लिएर नाराबाजी गरीरहेका छन्।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेवित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी गरिरहेका छन्। नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ।

एमालेको अवरोधमा सहमति र संवादबाट विवाद समाधान गर्न आग्रह गरेका छन्। तर, एमाले सांसदहरुले सभामुखविरुद्ध निरन्तर नाराबाजी गरिरहेका छन्। एमालेको अवरोधबीच सभामुखले पेलेरै संसद अगाडि बढाइरहेका छन्। आजको बैठकमा विभिन्न अध्यादेश पेस गर्ने कार्यसूची तय छ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार