आइतवार, श्रावण २४ गते २०८३

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतबाटै

शनिवार , बैशाख १२, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको पहिलो विदेश भ्रमण भारतबाट हुने भएको छ । यसअघि पनि अपवादबाहेक प्रधानमन्त्रीमा नियुक्त भएका अधिकांसको पहिलो विदेश भ्रमण भारतबाटै हुने गरेको थियो । 

भर्खरै मात्र अमेरिकाका एक उच्च अधिकारीको नेपाल भ्रमण सकिएको र अर्का अधिकारी पनि आउन लागेको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिकाबाट नै हुन लागेको हो कि भन्ने अनुमान गरिएको थियो । तर उक्त अनुमान विपरित भारतबाट भ्रमण हुन लागेको हो । 

प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि विदेशको पहिलो भ्रमण भारतबाट सुरु गर्नुहुने भएको  परराष्ट्र मन्त्रालयले प्रस्ट पारेको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँगको अन्तरक्रियाका क्रममा मन्त्रालयका प्रवक्ता लोकबहादुर थापा क्षेत्रीले प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी सुरु भएको जानकारी दिए ।  

खनालमार्फत भारत सरकारका तर्फबाट प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो आएको हो । उनले भने, “भ्रमण हुने पक्का हो, अहिले सुरुवाती चरणको तयारी मात्र सुरु भएको हो, कहिले र कसरी हुने भन्ने विषयको पूर्ण टुङ्गो लागेपछि मन्त्रालयले सार्वजनिक गर्ने छ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार