काठमाडौं। संखुवासभामा एकै परिवारका ६ जनाको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ। हत्या आरोपित लोक बहादुर कार्कीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो। संखुवासभाको मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या गरेको आरोपमा उनकै भतिज नाता पर्ने कार्कीलाई चैनपुरमा पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको हो।
तर केही दिन अघि भने नातेदार मात्र नभई छिमेकी समेत रहेका हत्या आरोपित कार्कीले घटनाबारे अन्तरवार्ता दिएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ। साथै उनले नै सबैभन्दा पहिला शब देखेको भन्दै सबैलाई खबर समेत गरेका थिए। उनले दिएको अन्तरवार्तामा अकमकिदै चोटैचोट रहेको भएपनि हत्या गर्न के प्रयोग गरियो भन्ने थाहा नभएको बताएका थिए।
आफु खाना खाईरहेका बेला छिमेकी भाइले हजुरआमा विरामी हुनुहुन्छ रे हेर्न जा भनेर खबर गरेपछि जाँदा बडाबाउ (तेजकुमार कार्की)लाई बाटोमा लडिराखेको देखेको र आत्तिदैँ घर आएर सबैलाई भनेपछि सबैजना गएर हेर्दा सबैको शब भेटिएको बताएका छन्।
उनले लाश भेटिएको ठाँउबारे पनि उनले बताएका छन्। साथै उनले गाँउमा कोही शंकालु व्यक्ति नभएको समेत बताएका थिए। हाल आफुलाई हेपेका कारण हत्या गरेको बयान दिएका लोक बहादुरले उतिवेला तेज बहादुरको परिवारको कसैसंग रिसीवी नभएको बताएका थिए।
उनले अन्तरवार्तामा सो घटनाका कारण आफुहरु समेत त्रसित भएको र सुत्न नसकेको बताएका थिए। गत सोमबार उम्लिङमा तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो।
प्रहरी टोली घटनास्थलमा खटिँदा २६ वर्षीय लोकबहादुर कार्की घरमै रहेका थिए। उनी हत्या गरिएका ५७ वर्षीय तेजबहादुर कार्कीका बढाबाका नाति हुन्।