काठमाडौं । नेपालसहित विश्वभर आइतबार विश्व बौद्धिक सम्पत्ति दिवस मनाइँदैछ । विश्व बौद्धिक सम्पत्ति संघ (विपो) को पहलमा सन् २००० को अप्रिल २६ देखि विज्ञान तथा प्रविधि, कला तथा साहित्य र उद्योग तथा व्यापार क्षेत्रको विकास, विस्तार र प्रवर्धनमा सघाउ पु¥याउने उद्देश्यले विश्वभर हरेक वर्ष विश्व बौद्धिक सम्पत्ति दिवस मनाइन्छ । नेपाल विपोको सदस्य राष्ट्र हो ।
विपोको बौद्धिक सम्पत्तिसम्बद्ध विश्वका आविष्कारक, नवप्रवर्धक, लेखक, सर्जकलाई एकापसमा जोडी सम्बन्ध बिस्तार गर्ने तथा उनीहरूको सिर्जना र प्रतिभालाई प्रबद्धर्न गरी जनचेतना फैलाउने नीति छ ।
विशेष गरी महिला तथा आदिवासी समूहलाई प्राथमिकता दिई विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइन्छ । नेपालमा पनि यो दिवसको अवसरमा आइतबार विविध कार्यक्रमको आयोजना गरिएको छ ।
प्रतिलिपि अधिकारी, टे«डमार्क र पेटेन्ट राईटजस्ता बौद्धिक सम्पत्तिको महत्वबारे जनचेतना फैलाउनु यस दिवसको मुख्य उद्देश्य हो ।