शनिवार, कार्तिक ८ गते २०८३

एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक मंगलबार सम्मका लागी स्थगित

आइतवार , भाद्र २७, २०७८

काठमाडौं। प्रतिनिधिसभा बैठक भदौ २९ गते अर्थात आउँदो मंगलबार सम्मका लागी बैठक स्थगित भएको छ। एमालेको निरन्तरको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो। आइतबार बसेको दोस्रो बैठकमा पनि एमालेले अवरोधलाई निरन्तरता दिएपछि सभामुख अग्नि सापकोटाले बैठक मंगलबारसम्मका लागि स्थगित गरेका हुन्। 
पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सदन अवरुद्ध पार्दै आएको छ। सापकोटाले सहमति, सहकार्य र छलफलबाट सहमति निकाल्न आग्रह समेत गरे। उनले सहमतिको विकल्प नभएको बताउँदै गम्भीर हुन समेत दलका नेताहरुलाई आग्रह गरेका छन्। 
यसअघि आजै बसेको पहिलो बैठक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। यो बीचमा उनले सभाको अवरोध हटाउन एमाले नेताहरुसंग छलफल समेत गरेका थिए।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार