काठमाडौं । स्थानीय बजारमा सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँ बढेसँगै ३ लाख रुपैयाँ नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि प्रतितोला सुनको मूल्य ३ लाख ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।
यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ । । आइतबार ४ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार बढेर ५ हजार ४५ रुपैयाँमा पुगेको छ ।