बुधवार, आश्विन १४ गते २०८३

महालक्ष्मी विकास बैंकले गर्‍यो विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम

सोमवार , बैशाख १४, २०८३

काठमाडौं । महालक्ष्मी विकास बैंकले विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न गरेको छ ।

बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माणरसुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको हो ।

सोही अन्तर्गत बैंकले लुम्बिनी वर्ल्ड पिस फोरमसँगको सहकार्यमा ‘१० लाख वृक्षारोपण तथा संरक्षण अभियान’ अर्न्तगत पृथ्वी दिवसको अवसर पारेर खप्तड छेडेदह गाउँपालिका १, काँडामा २ हजार वटा कागतीको विरुवा वृक्षारोपण गर्न आर्थिक सहयोग गरेको छ ।
हरियाली क्षेत्र विस्तार गर्न, स्थानीय खाद्य सुरक्षा सुदृढ गर्न, दिगो स्रोत उपयोग गर्न तथा रोजगारी सिर्जना मार्फत दुर्गम र जलवायु जोखिमयुक्त क्षेत्रमा जीविकोपार्जनमा सहयोग पुर्‍याउन उद्धेश्यका साथ कार्य गरिएको बैंकले जनाएको छ ।

त्यसैगरी, क्यान्सर रोगको प्रारम्भिक पहिचान, रोकथाम तथा उपचारबारे जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गर्न तथा सोही कार्यक्रमबाट संकलित रकम कान्ति बाल अस्पतालमा रहेका क्यान्सर वार्डमा हस्तान्तरण गर्न आयोजना गरिएको कार्यक्रमलाई बैंकले आर्थिक सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नै ग्लोबल मनी विक २०२६ को अवसर पारेर बैंकले युद्ध संस्कृत माध्यमिक विद्यालय, नेपालगंज बाँकेमा अध्ययनरत विद्यार्थीहरूलाई पठनपाठनमा सहयोग गर्ने उद्धेश्यका साथ शैक्षिक सामाग्रीहरू वितरण गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार