बुधवार, आश्विन १४ गते २०८३

अरुण काबेली पावरले पायो ५० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति

सोमवार , बैशाख १४, २०८३

काठमाडौं । विद्युत नियमन आयोगले अरुण काबेली पावर लिमिटेडलाई हकप्रद सेयर निष्कासनका लागि पूर्व(स्वीकृति प्रदान गरेको छ ।

आयोगको  ३०७ औं बैठकले कम्पनीलाई हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिने निर्णय गरेको हो ।

आयोगले कम्पनीलाई १स्०.५ को अनुपातमा १ अर्ब ९४ करोड ७५ लाख ७१ हजार ५० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको हो । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८५ करोड ५१ लाख ४२ हजार १०० रुपैयाँ रहेको छ ।

हकप्रद शेयरमार्फत संकलन हुने कुल रकममध्ये १ अर्ब रुपैयाँ काबेली बी १ जलविद्युत आयोजना निर्माणका क्रममा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग गरिनेछ । यसैगरी ९४ करोड ७५ लाख ७१ हजार ५० रुपैयाँ ३७.६ मेगावाट क्षमताको काबेली ‘ए’ जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी ‘काबेली इनर्जी लिमिटेड’ मा लगानी गर्न प्रयोग गरिनेछ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार