काठमाडौं । सरकारले तीन दिनसम्म डोजर लगाएर सुकुमबासी बस्तीबाट तीन हजार नौ सय ५५ जनालाई उठाएको छ । शनिबारदेखि थापाथाली, गैरीगाउँ र मनोहरा सुकुम्बासी बस्तीमा जोडर लगाइएको थियो । डाजर लगाएर त्यहाँ रहेका बस्ती पूर्णरुपमा भग्नावशेषमा परिणत गरिएको छ ।
सरहरी विकास मन्त्रालयकी विकास आयुक्त जानुका ढकालकानुसार बस्तीबाट उठाइएका धेरै नागरिकहरू भने आफै बास स्थान खोज्दै निस्किएका छन् भने केहीलाई सरकारले विभिन्न ठाउँमा राखेको छ । विस्थापित भएका ९३६ घरधुरीका तीन हजार नौ सय ५५ जनामध्ये सरकारले पाँच सय ५५ जनालाई मात्र उद्धार गरी हाल अस्थायीरुपमा विभिन्न होटलमा राखेको छ ।
कीर्तिपुरस्थित स्वामी सत्संघको भवनमा एक ४७ जनालाई राखिएको छ । अन्यलाई भने विभिन्न होटलमा राखिएको छ । होटलको नाम सरकारले खुलाएको छैन । उद्धार गरिएकाहरूलाई बालाजु, माछा पोखरीतिरका होटलमा राखिएको काठमाडौँ नगरप्रहरी प्रमुख विष्णु जोशीले जानकारी दिए ।
तर सुकुमबासी बस्तीबाट उठाइएका परिवारका छोराछोरीहरु कक्षा १२ को परीक्षा तथा अन्य कक्षाको पढाईतिर लाग्नुपर्नेमा त्यस्तो नभएको भन्दै गुनासो गरेका छन् ।