काठमाडौं। एमसीसी उपाध्यक्ष फातिमा सुमारले एमसीसी कम्प्याक्टलाई प्राप्त भएको समर्थनले उत्साहित भएको बताएकी छन्।उपाध्यक्ष पातिमा नेतृत्वको टोलीको नेपाल भ्रमणले एमसीसीप्रतिको गलत धारणालाई स्पष्ट पार्न सफल भएकोले नेपालको संसदबाट एमसीसी पारित हुने विश्वासका साथ स्वदेश फर्किएको छ।
फातिमाको भनाइ उद्धृत गर्दै जारी नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरेरा सो बारेमा जानकारी गराएको हो । फातिमा नेतृत्वको टोली आइतबार साँझ स्वदेश फर्किएको हो।
४ दिने नेपाल भ्रमणमा रहँदा एमसीसी उपाध्यक्ष सुमार नेतृत्वको टोलीले प्रमुख राजनीतिक दल, सांसद, निजी क्षेत्र लगायतका विभिन्न पक्षहरुसँग एमसीसीको बारेमा छलफल गरेको थियो।