बुधवार, आश्विन १४ गते २०८३

विकल पौडेल दम्पतीविरुद्ध ६८ करोड ९४ लाखको सम्पत्ति शुद्धीकरण मुद्दा

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र उनका श्रीमतीविरुद्ध ६८ करोड ९४ लाख ६५ हजार रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ ।

राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो । विभागले बुधबार काठमाडौं जिल्ला अदालत बबरमहलमा अभियोगपत्र दर्ता गरेको निर्देशक सचितकुमार वाइवाले जानकारी दिए ।


पौडेलविरुद्ध ६१ करोड १३ लाख २१ हजार १ सय ५३ र उनकी श्रीमती एलिना बस्नेत विरुद्ध ७ करोड ८१ लाख ४४ हजार ५१ रुपैयाँ बराबर बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो ।

विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ को दफा ३ को उपदफा (१) को खण्ड ‘क’, ‘ख’ र ‘ग’ मा उल्लेखित कसुर गरेको अभियोगमा मुद्दा दर्ता गरेको जनाएको छ । विभागका अनुसार उनीहरूले विदेशी विनिमय अपचलन गरी कारोबार गरेको सम्बन्धमा ६२ करोड ६५ लाख ९१ हजार ८ सय ९३ रुपैयाँ बिगो कायम गरी १४ असोज २०८१ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो ।

उक्त मुद्दा सम्बद्ध कसुरबाट आर्जित सम्पत्ति सम्बन्धमा अनुसन्धान गर्दा सम्पत्ति शुद्धीकरण सम्बन्धि कसुर समेत गरेको अनुसन्धानबाट स्थापित हुन आएको समेत विभागले आफ्नो सूचनामा जनाएको छ । विकल पौडेललाई ८ वर्ष कैद विकल पौडेललाई ८ वर्ष कैद

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार