सोमवार, आश्विन १२ गते २०८३

शेखर पक्षीय छलफलको निष्कर्ष– सदस्यता अद्यावधिक अव्यवहारिक

बिहिवार , बैशाख १७, २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको बागमती प्रदेशस्तरीय छलफल गरेका छन् । बालुवाटारस्थित ओपेरा होटेलमा भएको छलफलमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने कोइराला निकट नेताहरू सहभागी थिए ।

देश र पार्टीको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै रणनीति तयार गर्ने उद्देश्यले सुझाव लिन छलफल आयोजना गरिएको कोइराला सचिवालयले जनाएको छ । छलफलमा सहभागीहरूले पन्ध्रौँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भैसकेको अवस्थामा पुनः अद्यावधिक गर्न नहुने अडान राखेका थिए ।

नेताहरूले भने, ‘अहिले आएर सदस्यता अद्यावधिक व्यवहारिक छैन । विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन सकेको छैन । एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी पनि सभापति गगन थापाकै हो ।’

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार