आइतवार, श्रावण २४ गते २०८३

शुक्रबार तीन स्थानका ७४४ घर–टहरा भत्काइयो, ३२३ परिवार सम्पर्कमा

शनिवार , बैशाख १९, २०८३

काठमाडौं । काठमाडौं का विभिन्न स्थानमा भएका सुकुम्बासी बस्ती शुक्रबार खाली गराइएको छ । बल्खु, बंशीघाट, शंखमुल, गोंगबु लगायतका क्षेत्रमा नदी किनार तथा सडक अतिक्रमण गरी बनाइएको घर टहरा डोजर चलाएर भत्काइएको थियो ।

तीमध्ये तीन स्थानमा मात्रै ७४४ घर टहरा भत्काइएको छ । बल्खुमा ४०१ घर, टहरा र छाप्रो हटाइएको छ । बंशीघाटमा १९३ वटा घर टहरा भत्काइएको छ भने शंखमुलमा १५० वटा घर भत्काइएको छ । शंखमुलमा डोजर चलेका सबै पक्की घर छन् ।

बस्ती खाली भएपछि ३२३ परिवार सम्पर्कमा आएको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । सुकुम्बासीहरुको स्क्रिनिङको व्यवस्था त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गरिएको छ ।

शुक्रबार त्यहाँ ३२३ परिवारका १ हजार ४१४ जना सम्पर्कमा आएको समितिले जनाएको छ । तीमध्ये ८० जनालाई शुक्रबार भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्रमा पठाइएको छ ।

शुक्रबार घर–टहरा भत्काइएपछि सम्पर्कमा आउने सुकुम्बासीहरूलाई राख्न पाँच वटा स्थान तय गरिएको थियो । ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनमा राख्ने भनिएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार