शनिवार, कार्तिक ८ गते २०८३

बाँकेमा फेरी बाघले मान्छे खायो

सोमवार , भाद्र २८, २०७८

काठमाडौं। बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको पूर्व–पश्चिम राजमार्गमा पाटे बाघले एक जनाको ज्यान लिएको छ। राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरबाट एक जना भारतीय नागरिकलाई बाघले राजमार्ग क्षेत्रबाट तानेर खाएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघले खाएका ती व्यक्तिको खुट्टामात्रै फेला परेको बताए। बाघको आक्रमणमा परेका भारतीय नागरिकको पहिचान खुल्न नसकेको भए पनि उनी स्थानीय एक होटलमा भाँडा माझ्ने काम गर्ने खुलेको एसपी अधिकारीले बताए।
ति व्यक्तिको मानसिक सन्तुलन पनि ठिक नभएको स्थानीयले बताएको प्रहरीले जनाएको छ।  

बाघले मान्छे खाएको खबर पाएपछि सुरक्षाकर्मी बिहानै खोजीमा जाँदा बाघले ती व्यक्तिको शरिरको माथिल्लो भाग खाइसकेको अवस्थामा खुट्टामात्रै बिहान साढे ७ बजेतिर निकुञ्ज क्षेत्रभित्र फेला पारेको जनाएको छ। प्रमुख संरक्षण अधिकृत शाहले केही दिनदेखि गाभर क्षेत्रमा एक जोडी पाटेबाघ देखिइरहेकाले आइतबार बेलुकादेखि त्यसक्षेत्रमा गस्तिमा खटिने गरेको बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार