बुधवार, आश्विन १४ गते २०८३

स्टार्टअप उद्यम कर्जाका लागि एक हजार ३०१ परियोजना छनोट,तीन प्रतिश व्याजमा २० लाख  पाउने

आइतवार , बैशाख २०, २०८३


वैशाख । स्टार्टअप उद्यम कर्जाका लागि एक हजार ३०१ परियोजना छनोट भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आर्थिक वर्ष २०८२\८३ का लागि प्रारम्भिक चरणमा परियोजना छनोट गरेको हो । 

प्रारम्भिक सूचीमा समावेश भएका परियोजना प्रस्तावकले थप मूल्याङ्कनका लागि व्यावसायिक विवरण आगामी बुधबार पेस गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ । छनोट भएका कुल परियोजनामध्ये करिब ६५ प्रतिशतभन्दा बढी कृषि, पशुपालन, मत्स्यपालन र जडीबुटीसँग सम्बन्धित रहेको प्रतिष्ठानले जनाएको छ । प्रारम्भिक सूचीका अनुसार मुगु, डोल्पा, मधेश र उपत्यकाका धेरै नयाँ उद्यमीले स्टार्टअप कर्जा मागसहित उद्यमका लागि आवेदन दिएका छन् ।

प्रारम्भिक सूचीमा परेका प्रस्तावकको स्थलगत निरीक्षण, अन्तर्वार्ता र विस्तृत परियोजना प्रतिवेदनको मूल्याङ्कनपछि मात्रै अन्तिम रूपमा कर्जा दिने प्रक्रिया सुरु हुने छ ।

चालु आव २०८२\८३ मा कर्जा प्रदान गर्नका लागि एक अर्ब २६ करोड बजेट रहेकोे प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले मापदण्ड पूरा गरेका ९५० देखि एक हजार परियोजनालाई स्टार्टअप उद्यम कर्जा उपलब्ध गराइने जानकारी दिए। 

तीन प्रतिशत ब्याजमा पाँच लाख रुपियाँदेखि २० लाख रुपियाँसम्म कर्जा उपलब्ध गराइने गुप्ताले जानकारी दिए । आव २०८०र८१ बाट कर्जा वितरण सुरु गरिएको थियो । दुई आवमा भएको कर्जा लगानीबाट चालु आवको चैत मसान्तसम्म कर्जा ब्याजबापत १२ करोड ५५ लाख रुपियाँ सरकारलाई फिर्ता आएको प्रतिष्ठानले जनाएको छ ।    

प्रतिक्रिया
सम्बन्धित समाचार