शुक्रवार, आश्विन १६ गते २०८३

नारायणगढ-मुग्लिन सडकको तुइन खोलामा पहिरो, सवारी आवागमन प्रभावित

आइतवार , बैशाख २०, २०८३


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षाका कारण पहिरो खस्दा सवारी साधन आवागमन प्रभावित भएको छ ।

उक्त सडकखण्डको तुइन खोला र पानीधारामा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रुपमा अवरुद्ध भएको हो ।

 

बिहान ५ः४५ बजे पहिरो खसेपछि सडकमा एकतर्फी रुपमा मात्रै यातायात सञ्चालन भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए ।

प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार डिभिजन सडक कार्यालय भरतपुरसँग सडकको पहिरो हटाउन डोजर मगाइएको छ । पहिरो खसेको स्थल मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पर्दछ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार