बुधवार, आश्विन १४ गते २०८३

उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष  गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

सोमवार , बैशाख २१, २०८३


काठमाडौं । सर्वोच्च अदालतले  नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष  शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ ।

शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई धरौटी वा जमानतमा छाड्न नसकेमा मात्रै थुनामा राख्न आदेश दिएको हो । न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले उनलाई धरौटी वा जमानतमा नै छाड्न सकिने अवस्था हुँदा अनुसन्धान अधिकारीले थुनामा राख्न अनुमति लिएको भन्दै त्यसको प्रक्रिया नै खारेज गरेको हो ।

उनी गत ११ वैशाखमा पक्राउ परेका थिए । नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्न भन्दै उनलाई नेपाल प्रहरकिो केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार