काठमाडौं। अमेरिकाको ओहायो राज्यमा बसोबास गर्ने ५ जना नेपाली भाषीको आगलागीमा परी मृत्यु भएको छ। ओहयो राज्यको आक्रन सहरमा भएको आगलागीमा ५ जना नेपाली नेपाली भाषी भुटानी परिवारका सदस्यहरूको निधन भएको छ।
सोमबारका बिहान भएको आगलागीमा मृत्युहुनेमा ३ जना बालबालिका र २ जना वयस्क रहेको समाचारमा जनाइएको छ। आक्रन अग्नि नियन्त्रण विभागका अनुसार अन्य ४ जना घाइते भएका छन्।
आक्रन शहरको लिनडेन एभेन्यु स्थित १११८ घर सङ्ख्यामा बिहान १२ :५० मा आगो लागेको थियो। विभागका अनुसार आकस्मिक कामदारहरूले उनीहरूका छिमेकी र नातेदारहरूले त्यहाँ पुगे पछि परिवारका सदस्यहरूलाई बाहिर निकाल्ने प्रयास गरेका थिए।
नातेदार तथा छिमेकीका अनुसार त्यहाँ २ भुटानी परिवारहरू बस्थे। अन्य ४ जनालाई अस्पताल लागिएको अग्नि नियन्त्रण विभागले जनाएको स्थानीय पत्रिका बिकोन जर्नल डटकमले लेखेको छ।