शनिवार, कार्तिक ८ गते २०८३

प्रतिनिधि सभा बैठकमा आजपनि एमालेले अवरोध गर्ने

मंगलवार , भाद्र २९, २०७८

काठमाडौं। प्रतिनिधि सभाको बैठक बस्दैछ । यसअघि निरन्तर अवरोध गर्दै आएको प्रतिपक्षी एमालेले आजपनि संसद चल्न नदिने तयारी गरेको छ। यसअघि सोमबार अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख अग्नी सापकोटाले हिँजो डाकेको सर्वदलिय बैठक पनि एमालेले बहिस्कार गरेपछि बैठक विना निष्कर्ष टुङ्गीएको थियो। 

एमालले आफुले कारवाही गरेका माधव कुमार नेपाल सहित १४ सांसदलाई कारवाही नगरेको भन्दै सभामुखको भुमिकामाथी प्रश्न उठाँउदै संसद अवरोध गर्दै आएको छ। यद्यपी आजको बैठकका लागि संभावित २ कार्यसूची तय गरिएको छ ।

बैठकमा पहिलो कार्यसूची अन्र्तगत अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार भनी प्रस्ताव प्रस्तुत गर्ने र दोश्रो कार्यसूचीमा पूर्व सांसद रुक्म शम्शेर जबराको निधनमा सभामुख अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले जनाएका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार