बिहिवार, आश्विन १५ गते २०८३

तालिबानको क्रुरता, विदेशीलाई सिम बेचेको आरोपमा लियो गरिब पसलेको ज्यान 

मंगलवार , भाद्र २९, २०७८

काठमाडौं। यसअघि नागरिक र विशेषगरी महिलाहरुमाथी गरेको क्रुरताका कारण सत्तँच्युत भएको तालिबानले फेरीपनि त्यसलाई दोहोर्याएको छ। तालिबानले सत्ता कब्जामा लिएदेखीनै मानविय संकट र विशेष गरी महिलाहरुको सुरक्षामा विश्वभरीनै चिन्त भैरहेको बेला तालिबानले आफ्नो क्रुरता देखाइरहेको छ। 

उसले हाल विदेशीलाई सिम बेचेको आरोपमा एक गरिब व्यापारीको हत्या गरेको सार्वजनिक भएको छ। तालिबानले राजधानी कब्जा गर्दासम्म उसको नियन्त्रण बाहिर रहेको एकमात्रै उपत्यका पञ्जशिरमा अहिले उसको ध्यान छ। अफगानिस्तानको पञ्जशीर उपत्यकामा तालिबानको प्रतिरोध बलसँग युद्ध जारी छ। तर तालिबानले पञ्जशीर जितेको दाबी गरेको छ। अर्कोतर्फ, प्रतिरोध बलले पनि पञ्जशीर को ६० प्रतिशत भन्दा बढी भूभाग कब्जा गर्न बाँकी रहेको जनाएको छ।

बीबीसीको एक रिपोर्टमा भने तालिबानले पञ्जशीरमा अहिले नागरिकको रगत बगाइरहेको छ। अहिलेसम्म २० जनाले ज्यान गुमाइसकेका छन्। बीबीसीको रिपोर्ट अनुसार तालिबानले निशाना बनाएका २० जना मध्ये एकजना पसले पनि थिए। स्थानीयहरू भन्छन्, ’ ती व्यक्ति तालिबान आएपछि पनि भाग्न सकेनन्, उनी एक गरीब पसले थिए र युद्ध सँग कुनै सम्बन्ध थिएन। उनलाई विदेशीलाई सिम बेचेको आरोपमा गिरफ्तार गरी हत्या गरिएको हो।

तालिबानले आफ्नो आचरण फेरिएको दाबी गरिरहेको छ। तर वास्तविकता भने तालिबान महिलाको हकमा २० वर्ष पहिले जस्तै क्रूर छ। अफगानिस्तानमा तालिबानको कब्जा पछि यसको प्रमाण आइरहेको छ। राजधानी काबुलमा तालिबानले एक महिलालाई कुटपिट गरेको अर्को तस्वीर सार्वजनिक भएको छ। ती महिला काबुलमा तालिबान विरुद्धको प्रदर्शनमा संलग्न थिइन्। तालिबानले  ति महिलालाई घेरेर लाठी र कोर्राको लगाएका थिए।

तालिबानले भर्खरै सार्वजनिक गरेको शिक्षा नीतिमा पनि महिला र पुरषका लागी फरक विद्यालय, विश्व विद्यालय हुनुपर्ने तथा महिलाका लागी महलिा शिक्षक नै हुने र पुरुष शिक्षकले पर्दा पछाडीबाट पढाउन पाउने व्यस्था गरेको थियो। 

राष्ट्रसंघको चिन्ता : अफगानमा मानविय संकट आउन लाग्यो
संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा ठूलो मानवीय संकट आउन लागेको बताएको छ। राष्ट्रसंघले यसका लागि विश्व समुदाय गम्भीर हुनुपर्ने पनि बताएको छ। यहाँको आर्थिक अवस्था ध्वस्त भएको र ठूलो मानवीय संकट आउन लागेको भन्दै त्यहाँ आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरेको छ। 

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले उक्त विषयमा विश्वको ध्यानाकर्षण गराएका हुन्। सोमबार जेनेभामा आयोजित एउटा सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग महासचिव गुटर्रेसले सहयोगको आह्वान गरेका हुन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार