सोमवार, श्रावण २५ गते २०८३

राष्ट्रिय सभाबाट अध्यादेश रोक्ने विपक्षी दलहरूको तयारी

सोमवार , बैशाख २८, २०८३

काठमाडौं । सरकारले ल्याएको अध्यादेशहरू राष्ट्रिय सभाबाट रोक्न विपक्षी दलहरुले गृहकार्य बढाएका छन् ।

राष्ट्रिय सभाका मुख्य तीन दल नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र एमालेबीच लगभग सहमति जुटिसकेको छ । तर सबै अध्यादेश रोक्ने अथवा केही अध्यादेश मात्र भन्नेमा टुंगो लागिसकेको छैन ।

प्रक्रियाका हिसाबले सबै अध्यादेशप्रति असहमति जनाउनुपर्ने तर्कमा नेताहरू सहमत छन् । तर कतिपय अध्यादेशका प्रावधान र लाभग्राही पक्षलाई हेर्नुपर्ने मत पनि यी दलहरूमा देखिएको छ । संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गर्न बनेको अध्यादेशलाई भने राष्ट्रिय सभामा रोक्न तीन वटै दल सहमत छन् ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार