काठमाडौं। प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित गरिएको छ। मंगलबारको बैठकमा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेपछि बैठक स्थगित गरिएको छ।
मंगलबारको प्रतिनिधिसभा बैठकले संशोधनसहित बजेट पारित नगरी असोज ४ गतेसम्मका लागि स्थगित भएको हो। आज पनि बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले वेल घेराउ गर्नुका साथै नाराबाजी गरेका थिए। सभामुखले त्यसबारे कुनै सुनुवाई नगरी बैठक अघि बढाए। सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमाले सांसदहरुले निरन्तर संसदमा अवरोध गर्दै आइरहेका छन्।