काठमाडौं । प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ः०० बजे बस्दैछ ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले नेपाल सरकार र गणतन्त्र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता पेस गर्ने कार्यसूची छ ।
आजै अर्थ मन्त्री स्वर्णीम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।