शुक्रवार, आश्विन १६ गते २०८३

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ३ वटा उजुरी

बुधवार , बैशाख ३०, २०८३

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्माविरुद्ध ३ वटा उजुरी परेको छ । शर्मा संवैधानिक परिषद्बाट प्रधानन्याधिसमा सिफारिस भएका थिए । 

संसदीय सुनुवाइ समितिको गत शुक्रबार बसेको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । मंगलबारसम्म तीन वटा उजुरी प्राप्त भएको समिति सचिवालय स्रोतले जनाएको छ ।

समिति सचिवालयका अनुसार आगामी जेठ ४ गतेसम्म उजुरी गर्ने म्याद तोकिएको छ ।

समिति सचिवालयका अनुसार उजुरी दिन हुलाकदेखि इमेलसम्मलाई उपयोग गर्न सकिनेछ । सिधै सचिवालयमा पुगेर पत्रमार्फत पनि उजुरी दिन सकिन्छ । सुनुवाइ समितिका सदस्यहरूलाई प्रत्यक्ष भेटेर खामभित्र राखेर उजुरी दिन सकिन्छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट पनि उजुरी गर्न सकिन्छ । इमेलबाट पनि उजुरी दिन सकिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार