काठमाडौं । सन् २०२६ को बसन्तु ऋतुमा हिमाल आरोहणको क्रममा पाँच जनाको निधन भएको छ । पर्यटन विभागका अनुसार तीन जना सगरमाथा, एक जना मकालु १ र अर्का एक जनाको मकालु २ को आरोहणको क्रममा निधन भएको हो ।
निधन हुनेहरुमा सोलुखुम्बुका लाक्पा डेन्डी शेर्पा, विजय घिमिरे र फुरा गेल्जेन शेर्पा रहेका छन् । त्यस्तै, चेक रिपब्लिकका नागरिक डेभिड रौबिनेक र संयुक्त राज्य अमेरिकाका जोहन्नेस शेल्ली रहेको विभागले जनाएको छ । उनीहरुको निधन विभिन्न मितिमा भएको हो ।
जस अनुसार डेन्डीको वैशाख २० गते, घिमिरेको वैशाख २७ गते, फुराको वैशाख २८ गते, रौबिनेकको वैशाख २ज्ञ तथा शेल्लीको वैशाख २८ गते निधन भएको विभागका सूचना अधिकारी हिमाले गौतमले बताए ।