आइतवार, श्रावण २४ गते २०८३

आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

बुधवार , बैशाख ३०, २०८३

काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता तथा सहसचिव नेत्र सुवेदीका अनुसार निगमका कार्यकारी निर्देशक भट्टले आज आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले एक साता अघि नै भट्टलाई आफ्नो पदबाट राजीनामा दिएर सरकारलाई सहयोग गर्न आग्रह गरेकी थिइन् ।

समयमा राजीनामा नदिए बर्खास्त गर्ने जानकारी पाएका भट्टले केही दिन कुरेर आज आफ्नो पदबाट राजीनामा दिएका हुन् । भट्टलाई पूर्ववर्ती पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २६ फागुन २०८० मा तीन वर्षका लागि नियुक्ति गरेको थियो। 

सरकारले अध्यादेशमार्फत  एक हजार ५९४ राजनीतिक नियुक्ती खारेज गरेको बेला निगम प्रमुुख भने पर्नुभएको थिएन । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार