मंगलवार, आश्विन १३ गते २०८३

कक्षा १२ को परीक्षा आजदेखि

बुधवार , भाद्र ३०, २०७८

काठमाडौं। कोरोना कारण लामो समयदेखी स्थगित हुँदै आएको कक्षा १२ को परीक्षा आजदेखि हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार परिक्षा आजदेखी सुरु हुन लागेको हो। बोर्डका अनुसार परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुने छ। 

विषम् परिस्थिति भएकोले यो वर्ष विद्यार्थीलाई होम सेन्टरबाटै परीक्षा दिने व्यवस्था गरिएको छ। साथै, कोरोना संक्रमण पुष्टि भएका विद्यार्थीलाई पनि छुट्टै राखेर परीक्षा लिन सकिने व्यवस्था बोर्डले गरेको जनाएको छ।

परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ। यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरस संक्रमण बढेको भन्दै फेरि स्थगित गरिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले पुन: विद्यार्थीहरुलाई भौतिक रुपमै उपस्थित गराएर आजदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। परीक्षा केन्द्रमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न बोर्डले अनुरोध समेत गरेको छ।

यसपटकको कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार जना विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

ROUTINE.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार