शुक्रवार, आश्विन १६ गते २०८३

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन यात्रा

शनिवार , जेठ २, २०८३


जनकपुरधाम ।  जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन ‘जनकपुरधाम सम्पदा यात्रा’ आयोजना गरिएको छ ।

शनिबार उक्त सम्पदा यात्राको आयोजना गरिएको हो । जानकी मन्दिर प्राङ्गणबाट शुरु भएको सम्पदा यात्रा जनकपुरधामका सम्पदाहरुको परिक्रमा गरि महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवनसम्म पुगेर सकिएको थियो ।

सम्पदा यात्रमा जानकी मन्दिर, पेठिया बजार, रंगभूमि मैदान, रामजानकी विवाह मण्डप, अरगज्जा पोखरी, राम मन्दिर, धनुष सागर, गंगासागर लगायतका सम्पदाहरुको बाजागाजासहित पद यात्रा गरिएको हो ।
जनकपुरधामको ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण गर्न तथा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सम्पदा यात्रा आयोजना गरिएको आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार