आइतवार, श्रावण २४ गते २०८३

कांग्रेसका सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार , जेठ ३, २०८३


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनका लागि जेनजी अगुवाहरुको राय सुझाव लिने भएका छन् ।

आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा जेनजी अगुवाहरुलाई संविधान संशोधनका विषयमा छलफल गर्ने गरी डाकिएको छ । कांग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्नको लागी गठित समितिले उक्त कार्यक्रम आयोजना गरेको हो ।

१८ जना जेनजी अगुवाहरुलाई पत्र पठाएर आमन्त्रण गरिएको कांग्रेसले जानकारी गराएको छ। उक्त कार्यक्रममा संविधानविद् तेजमान श्रेष्ठ, प्राध्यापक डा। खनाल लगायत सहभागी हुने भएका छन्।

सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न विभिन्न पक्षसँग छलफल गरिरहँदा कांग्रेसले छुट्टै तयारी गरिरहेको छ । उपसभापति पुष्पा भुसालको संयोजकत्वमा कार्यदल बनाएर संविधान संशोधनको लागि सुझाव संकलन गरिएको छ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार