काठमाडौं । नेपाल बार एसोसियसनको नेतृत्वमा कानुन व्यवसायीहरूले लालटिन बालेर प्रदर्शन गर्ने भएका छन् । अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा लालटिन बालेर प्रदर्शन गरिएको बार एसोसियसनले जनाएको छ ।
एसोसिएसनको आइतबारको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
एसोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रका अनुसार सत्य र न्यायको खोजीका लागि लालटिन बालेर प्रदर्शन गरिएको हो । उनीहरुले कालो कोट लगाएर प्रदर्शनको क्रममा स्वच्छ प्रक्रियाको खोजी, न्यायको खोजी लगायतका नारा लेखिएको पोष्टर टाँसेका थिए ।