काठमाडौँ । गर्मी महिनाको सुरुवातसँगै देशभर तापक्रम ह्वात्तै बढेको छ । सूर्यको तीव्र प्रकाश र हानिकारक पराबैजनी किरणका कारण छाला चिलाउने, रातो हुने, डढ्ने र दीर्घकालमा चाउरीपना तथा छालाको क्यान्सरजस्ता गम्भीर समस्याहरू देखा पर्न सक्छन् । यस्तो अवस्थामा छालाको सुरक्षाका लागि ’सनस्क्रिन’ क्रिमको प्रयोग अपरिहार्य हुन्छ ।तर, बजारमा पाइने अनेकौँ प्रकारका सनस्क्रिनमध्ये आफ्नो छालाका लागि उपयुक्त कस्तो सनस्क्रिन रोज्ने त? छाला रोग विशेषज्ञहरूका अनुसार सनस्क्रिन किन्दा र प्रयोग गर्दा विभिन्न कुराहरूमा ध्यान दिनु आवश्यक छ ।
सर्वप्रथम सनस्क्रिन खरिद गर्दा सबैभन्दा पहिले त्यसमा लेखिएको एस पि एफ र पि ए रेटिंग ध्यान दिनुपर्छ । एस पि एफ ३० वा सोभन्दा माथिः सामान्यतया नेपाली छाला र यहाँको घामका लागि कम्तीमा एस पि एफ ३० वा ५० भएको सनस्क्रिन उपयुक्त मानिन्छ । एस पि एफ ले सूर्यको यू भि बि किरणबाट जोगाउँछ, जसले छाला डढाउने काम गर्छ । सनस्क्रिनको बट्टामा ’पि ए+++’ लेखिएको हुनुपर्छ । यसले घामको किरणबाट बचाउँछ, जसले छालालाई बुढो देखाउने र चाउरीपना ल्याउने गर्छ ।सबैको छाला एकैनासको हुँदैन । त्यसैले आफ्नो छालाको प्रकृति अनुसार सनस्क्रिन रोज्नुपर्छ ।
तैलीय डन्डिफोर आउने जेल वा म्याट फिनिसले छालालाई थप तैलीय बनाउँदैन र ससाना छिद्रहरू बन्द गर्दैन ।सुक्खा क्रिम वा मोइस्चराइजरयुक्त क्रिमले छालालाई हाइड्रेट राख्छ र सुक्खा हुन दिँदैन ।संवेदनशील मिनरल वा फिजिकल सनस्क्रिनले छालामा जलन वा एलर्जी हुन दिँदैन ।’वाटर रेसिस्टेन्ट’ सनस्क्रिनले गर्मीमा अत्यधिक पसिना आउने वा पौडी खेल्ने बानी छ भने पसिनाले नपखालिने सनस्क्रिन प्रयोग गर्नु पर्छ । यसले पसिना आए पनि केही समयसम्म छालालाई सुरक्षित राख्छ ।
घाममा निस्कनुअघिः घरबाट बाहिर निस्कनु भन्दा कम्तीमा १५ देखि २० मिनेट अगाडि नै सनस्क्रिन लगाउनु पर्छ, ताकि यसले छालामा राम्रोसँग काम गर्न सकोस् । अनुहार र घाँटीका लागि कम्तीमा दुई औँला बराबरको मात्रामा सनस्क्रिन लगाउनु पर्छ । सनस्क्रिनको असर २ देखि ३ घण्टा मात्र रहने भएकाले लगातार घाममा बस्दा हरेक ३ घण्टामा पुनः सनस्क्रिन लगाउनु पर्छ । बादल लागेको दिन वा घरभित्रै बस्दा पनि झ्यालबाट पराबैजनी किरणहरू भित्र छिर्ने भएकाले सनस्क्रिन लगाउनु फाइदाजनक हुन्छ ।
गर्मीबाट छालालाई जोगाउन सनस्क्रिनको प्रयोगसँगै प्रशस्त पानी पिउने, घाममा निस्कँदा छाता, टोपी वा सनग्लासको प्रयोग गर्ने र हल्का रंगका सुतीका कपडा लगाउनेतर्फ पनि ध्यान दिनु जरुरी छ । यदि छालामा कुनै गम्भीर समस्या देखिएमा तुरुन्तै छाला रोग विशेषज्ञसँग परामर्श लिनु पर्दछ ।