आइतवार, श्रावण २४ गते २०८३

खानेपानी र विद्युत महसुल छुटको माग गर्दै बबरमहलमा प्रदर्शन

बुधवार , जेठ ६, २०८३

काठमाडौं । खानेपानीमा लगाइएको कर र विद्युत महसुल छुटको माग गर्दै उपभोक्ता अधिकारवादीहरुले बबरमहलमा प्रदर्न गरेका छन् ।


खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन)को आयोजनामा प्रदर्शनका साथै सरकारलाई ध्यानाकर्षण गराइएको हो ।

उपभोक्ताहरुले सन् २०३० भित्र खानेपानीको सुनिश्चितता गर्न, साना खानेपानीलाई एकीकरण गरी बृहत आयोजना संचालन गराउन, उपभोक्ताहरुको अधिकार सुनिश्चित गर्न, खोला, कुला र पोखरीक संरक्षण गर्न र वृक्षारोपण गर्न पनि ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार