काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरीका ५ जना उच्च अधिकृतहरूलाई बढुवा गर्न सिफारिस गरिएको छ । मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले विभिन्न समूहका अधिकृतलाई एक तह माथि बढुवा गर्न सिफारिस गरेको हो ।
समितिले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्कालाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ। यस्तै कानुन समूहबाट युवराज अर्याललाई पनि डीआईजीमा बढुवा सिफारिस गरिएको छ।
त्यसैगरी सशस्त्र प्रहरी उपरीक्षक सञ्जय भट्टराईलाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ। स्वास्थ्य समूहबाट डा. रोस्सु थापालाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ भने कानुनतर्फ छविलाल पाण्डेलाई वरिष्ठ उपरीक्षक पदमा सिफारिस गरिएको छ ।
बढुवा सिफारिसप्रति असन्तुष्टि भए प्रतिस्पर्धी अधिकृतहरूले ७ दिनभित्र उजुरी दिन सक्ने व्यवस्था पनि गरिएको छ ।