शुक्रवार, आश्विन १६ गते २०८३

गोरखापत्र संस्थान, प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थामा विज्ञापन खुल्यो

बिहिवार , जेठ ७, २०८३


काठमाडौँ । प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि विज्ञापन आह्वान भएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले आज दरखास्त आह्वान गरेको हो । दरखास्त दिने म्याद यही जेठ १८ गतेसम्म छ ।

२१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि बनेको बालेन नेतृत्वको सरकारले विगतको सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरु खारेज गरेपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाउन विज्ञापन खुलाइएको हो ।

सरकारले प्रेस काउन्सिल नेपालको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले आज एक सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रणालीद्वारा एकजना योग्य उम्मेदवार छनोट गर्नका लागि आवेदन माग गरेको हो ।
इच्छुक र योग्य व्यक्तिले आगामी २०८३ साल जेठ १८ गते कार्यालय समयभित्र मन्त्रालयमा दरखास्त पेश गर्नुपर्नेछ । दरखास्त फाराम, उम्मेदवारका लागि आवश्यक पर्ने योग्यता, कागजात र अन्य विस्तृत जानकारीका लागि मन्त्रालयको वेबसाइट धधध।mयअष्त।नयख।लउ मा हेर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार