काठमाडौं। बुधबार सेयर बजारमा पहिरो गएको छ। शेयर बजारमा ४० अंकको पहिरो गएको हो। आज ४०.२६ अंकले घटेर परिसूचक २८८९ अंकमा कायम भएको छ। कारोबार रकम ५ अर्ब ३५ करोडमा खुम्चिएको छ।
यस दिन सबै समूहहरु घटेका छन्। बैंकिङ २०, विकास बैंक ११६, फाइनान्स ८६, होटल तथा पर्यटन ७९, जलविद्युत ७२, लगानी १, जीवन बीमा १७५ अंकले घटेका छन्। त्यस्तै उत्पादन समूह ७३, माइक्रोफाइनान्स ५२, निर्जीवन बीमा २७२, ब्यापार २७ र अन्य समूह २१ अंकले घटेका छन्।