काठमाडौं। प्रदेश १ मा मन्त्रिपरिषद विस्तार हुँदै छ। मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको जनाइएको छ। मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार आजै दुई जना मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गर्ने तयारी छ।
स्रोतका अनुसार तुलसी न्यौपाने र हिरा थापा मन्त्री बन्ने सम्भावना छ। यस्तै ज्ञानेश्वर राजवंशी, अम्बिका थापा र लीलाबल्लभ अधिकारीलाई राज्यमन्त्री बनाउने तयारी छ।