आइतवार, श्रावण २४ गते २०८३

पूर्वप्रधानमन्त्री सुशीला कार्कीको नयाँ साहित्यिक कृति, ’मिट्टी एन्ड द वाइल्ड क्याट’

शुक्रवार , जेठ ८, २०८३

काठमाडौं । हाल फुर्सदमा रहेकी मुलुककै प्रथम महिला प्रधानमन्त्री तथा प्रथम पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले ’मिट्टी एन्ड द वाइल्ड क्याट’ नामको पुस्तक लेखेकी छन् ।

उक्त पुस्तक छिट्टै प्रकाशन हुने भएको छ । कार्कीले जेनजी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व गरिरहेको सबभन्दा चुनौतीपूर्ण समयमा यो किताब लेखेको उनको सचिवालयले जनाएको छ ।

लेखक कार्कीका दुई कृति ’न्याय’ (संस्मरण) र ’कारा’ (उपन्यास) नेपाली भाषाका सर्वाधिक बिक्री भएका पुस्तकहरूमा पर्छन् । यसबाहेक उनी ’लैंगिक समानता’ र ’महिलावाद’ (नारीवाद) की लेखक पनि हुन् । 


आफ्ना नातिलाई समर्पित गरेको यो किताबले प्रेम, आशा र सकारात्मकताको सन्देश दिनेछ ।

चराचुरूंगी र जनावरहरूबीचको अन्तक्र्रियामार्फत उपन्यासले समानुभूति, सहकार्य, प्रेम र पारस्परिक निर्भरताको सन्देश प्रवाह गरेको कार्कीको सचिवालयले जनाएको छ । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार