काठमाडौँ । लामो समयदेखि जारी अमेरिका र इरानबिचको युद्ध अन्तिम चरणमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’ बताएका छन् । यसले विश्व समुदायमा खुशीयाली छाएको छ ।
अमेरिकाी समाचार संस्था सीएनएनका अनुसार, ट्रम्पले मध्यपूर्व तनाव कम हुने संकेत दिँदै रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलमार्ग अब खुल्ने संकेत समेत गरेका छन् । इरानसँग वार्ता सकारात्मक दिशामा अघि बढिरहेको टम्पले बताएका छन३ ।
ट्रम्पले सम्भावित सम्झौताबारे विस्तृत जानकारी भने दिएका छैनन् । तर अमेरिकी प्रशासनभित्र इरानसँग आणविक कार्यक्रम, क्षेत्रीय सुरक्षा र समुद्री मार्ग सुरक्षासम्बन्धी विषयमा छलफल भइरहेको जनाइएको छ ।
रिपोर्टअनुसार, ट्रम्प प्रशासन इरानसँग प्रत्यक्ष टकरावभन्दा पनि नयाँ कूटनीतिक समझदारीतर्फ अघि बढ्न खोजिरहेको संकेत देखिएको छ ।