बिहिवार, आश्विन १५ गते २०८३

चीनलाई चुनौती दिन अमेरिका, बेलायत र अष्ट्रेलियाले गरे यस्तो सम्झौता

बिहिवार , भाद्र ३१, २०७८

काठमाडौं। अमेरिका, बेलायत र अष्ट्रेलियाले रक्षा प्रणालीको विकासको निम्ति विशेष सुरक्षा सम्बन्धी सम्झौता गरेका छन्। यी मुलुकले चीनको अत्याधुनिक रक्षा प्रविधिलाई चुनौती दिने उद्देश्यले यस्तो कदम चालेका हुन्। 

चीनको बढ्दो सैन्य क्षमता र इन्डोप्यासेफिक क्षेत्रमा चीनको प्रभाव देखेर सशंकित रहेका यी तीन राष्ट्रबीच भएको यो सम्झौतालाई ‘ओकस’ नाम दिइएको छ। सो सम्झौता अनुसार अष्ट्रेलियाले पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी निर्माण गर्ने भएको छ।

पछिल्लो सम्झौतासँगै अस्ट्रेलियाले फ्रान्सेली पनडुब्बी खरिद गर्ने सन् २०१६को सम्झौता रद्द गरेको छ। ओकस सम्झौताले आर्टिफिसियल इन्टेलिजेन्स, क्वान्टम प्रवित्रि र साइबरका पक्षलाई समेट्ने बीबीसीले जनाएको छ। यो सम्झौतापछि तीनवटै मुलुकको साइबर क्षमता, आर्टिफिसियल इन्टेलिजेन्स र समुद्र मुनिको सैन्य क्षमता तीन गुणाले बढेको बीबीसीले जनाएको छ।

अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको ओकस सम्झौताको चीनले विरोध जनाएको छ। वासिङ्टनस्थित चिनियाँ राजदूतावासले अमेरिका, बेलायत र अष्ट्रेलिया शीतयुद्धको मानसिकतामा रहेको आरोप लगाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार