आइतवार, श्रावण २४ गते २०८३

सडक, खानेपानी जस्ता आयोजनामा राजनीति नगर्न सभामुखको आग्रह

सोमवार , जेठ ११, २०८३

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले सडक। खानेपानी लगायतका आयोजना निर्माणमा राजनीतिक हस्तक्षेप हुन नहुने बताएको छन् ।

सोमबार नागार्जुन नगरपालिकाद्वारा आयोजित वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा बोल्दै अर्यालले यस्तो बताएका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले पूर्वाधार विकास, विशेषगरी सडक र खानेपानीजस्ता आधारभूत विषयमा राजनीति गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

विगतका सरकारहरूले जनताको पक्षमा प्रभावकारी काम गरेको भए राजधानीमै आज पनि आधारभूत आवश्यकता पूर्तिका विषयमा बहस गर्नुपर्ने अवस्था नआउने अर्यालले बताए । 

सभामुख अर्यालले नयाँ सरकार र ताजा जनादेशसहित आएका जनप्रतिनिधिहरूबाट अब यस्ता प्रवृत्ति नदोहोरिने विश्वास व्यक्त गर्दै जनमुखी विकास र सुशासनलाई प्राथमिकतामा राख्न आग्रह गरे । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार