शनिवार, कार्तिक ८ गते २०८३

नेपाली सेनामा भर्ना खुला

बिहिवार , भाद्र ३१, २०७८

काठमाडौं। नेपाली सेनाले विभिन्न पदका लागि भर्ना खुला गरेको छ। भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आज गोरखापत्रमा सूचना निकालेर विभिन्न पदका लागी ४ सय ६२ जना माग गरेको छ।

सेनाले सैनिक उपचारीका, अम मेडिकल, भेहिकल मेकानिक्स, अमल्दार कर्मचारी, पूजारी हुद्दालगायत विभिन्न पदमा दरखास्त आव्हान गरेको छ। पुजारी मात्रै २२ जना माग गरेको छ। भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिने सुचनामा जनाइएको छ।

नारायणहिटीस्थित नेपाल क्याभल्टी उत्तरतर्फको खेल मैदानमा दरखास्त फारम वितरण गरिने सूचनामा उल्लेख छ। खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त माग गरिएको छ।

सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागेर सोही कारणबाट शारीरिक रूपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीलाई पनि खुलातर्फ बेग्लै आरक्षण सिटको व्यवस्था गरेको जनाएको छ।

त्यस्तै समावेशीतर्फ महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि पनि आरक्षण सिटसहित आवेदन माग गरिएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार