आइतवार, श्रावण २४ गते २०८३

गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफल

मंगलवार , जेठ १२, २०८३

काठमाडौं । युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले छलफल गरेका छन् ।

मंगलबार बिहान (ईयू) मा आबद्ध काठमाडौं र नयाँ दिल्लीका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग सामूहिक छलफल गरेको उनको सचिवालयले जनाएको छ ।

सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित भएको सचिवालयले बताएको छ ।

यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार