काठमाडौं । सांसदहरुको माग अनुसार प्रधानमन्त्री बालेन्द्र साह संसदमा नआएपछि श्रम संस्कृति पार्टीका सांसद कर्म साम्पाङ संसद भवनबाट बाहिरीएका छन् । प्रधानमन्त्री संसदमा आएर जवाफ दिनुपर्ने माग साम्पाङ लगायत विपक्षी दलले लामो समयदेखि उठाउँदै आएका छन् । तर प्रधानमन्त्री शाहले यसको अटेरी गरिरहेका छन् ।
प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै उनले प्ले कार्ड देखाएका हुन् । त्यसपछि सभामुख डिपी अर्यालले बोल्न समय दिए । त्यसपछि प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ अनुसार संसद्मा प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गरे ।
नियम १५ को उपनियम २ मा प्रधानमन्त्री र मन्त्रीले संसदमा उठेका प्रश्नहरूको सात दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था छ । यसको कार्यान्वयन हुनुपर्ने साम्पाङको माग छ ।