काठमाडौं। ओखलढुङ्गामा प्रहरीलाई टिकटकलगायत मनोरञ्जनका एप चलाउन रोक लगाइएको छ। सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने तर मनोरन्जनका एप चलाउँदा त्यसमा असर पर्ने भन्दै यस्तो रोक लगाएको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायत मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न समेत निर्देशन दिए।
जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा उनले प्रहरी कर्मचारी ड्युटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुन नहुने, अन्य समयमा पनि प्रहरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका सामग्री पोष्ट गर्नुपर्ने बताए।