आइतवार, श्रावण २४ गते २०८३

८ विश्वविद्यालयको उपकुलपतिको लागि १८८ जनाको आवेदन स्वीकृत, कुनमा कति ?

बुधवार , जेठ १३, २०८३

काठमाडौं । विभिन्न आठ वटा विश्वविद्यालयमा उपकुलपतिको लागि आवेदन दिएकामध्ये एक सय ८८ जनाको मात्रै आवेदन स्वीकृत भएको छ ।  शिक्षा खेलकुद मन्त्रालयले बुधबार आवेदन स्वीकृत भएका व्यक्तिहरुको नामावली सार्वजनिक गरेको हो । 
मन्त्रालयका अनुसार यसअघि आठ वटा विश्वविद्यालयका उकुलपतिको लागि दुई सय अठार जनाले आवेदन दिएका थिए । ८ वटा विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन दिएका २१८ मध्ये १८९ जनाको आवेदन स्वीकृत भएको छ । ३० जनाको आवेदन विविध कारणले अस्वीकृत भएको छ । 

मन्त्रालयका अनुसार ती आवेदन आवश्यक कागजपत्र अपुग भएको तथा आवश्यक अन्य योग्यता नपुगेका कारण अस्वीकृत भएका हुन्  । स्वीकृत आवेदकबाट मन्त्रालयले फेरि संक्षिप्त सूचि प्रकाशन गर्नेछ । 


यसअघि त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५०, पूर्वाञ्चल विश्वविद्यालय ३८, पोखरा विश्वविद्यालय ३८, सुदूरपश्चिम विश्वविद्यालय १९, मध्यपश्चिम विश्वविद्यालय २०, लुम्बिनी बौद्ध विश्वविद्यालय ११, कृषि तथा वन विज्ञान विश्वविद्यालय १५ र राजर्षि जनक विश्वविद्यालयको लागि २७ गरी २१८ जनाको आवेदन परेको थियो ।

स्वीकृत भएका आवेदकहरुमध्ये त्रिविको लागि ४३ जना, पूर्वाञ्चलका लागि ३४ जना,पोखराको लागि ३३ जना, राजर्षिजनकको लागि सुदूरपश्चिमको लागि १८ जना, मध्यपश्चिमको लागि १९ जना, कृषि तथा वन विज्ञानको लागि १३ जना र लुम्बिनीबौद्ध विश्वविद्यालयको लागि ७ जना छन् । 

अब स्वीकृत भएका १८९ बाट सर्टलिस्ट सार्वजनिक हुनेछ । अध्यादेशबाट विश्वविद्यालयका उपकुलपतिहरू पदमुक्त भएपछि नयँ उपकुलपति चयन गर्न लागिएको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार