काठमाडौं । नेपालले भारतको भूमि मिचेको प्रमाणप देखाउन नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ । भारतको सीमा नेपालले मिचेको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै कांग्रेसले माग गरेको हो ।
। प्रधानमन्त्रीले बुधबार सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको आफूले थाहा पाएको बताएका थिए ।
संसद बैठकमा बोल्दै कांग्रेसकी सचेतक बासना थापाले प्रधानमन्त्रीले गम्भीर र आपत्तिजनक विषय उठाएको बताइन् । उनले भनिन्, ‘भारतको भूमि नेपालले मिचेको भन्नुभयो । कहाँनेर मिचियो ? हामीलाई पनि थाहा दिनुप¥यो । होइन भने, दुई देशको सिमाबारे यस्तो गम्भीर र आपत्तिजनक कुरा प्रधानमन्त्रीले कसरी बोल्नुभयो ? यदि सीमा मिचेको हो भने प्रमाण देखाइयोस्, होइन भने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् ।’